15:16:13 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

सात दल संग कार्कीको संवाद हुँदै

काठमाडौं । कार्की सरकारले आज बिभिन्न ७ दलसँग संवाद गर्ने कार्यक्रम राखेको छ ।प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार आगामी निर्वाचनका सन्दर्भमा आज सात राजनीतिक दलसँग संवाद गर्न लागिएको हो ।

संवाद कार्यक्रम आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने जनाइएको छ ।
प्रधानमन्त्री भएपछि कार्कीले पहिलो पटक राजनीतिक दलहरूसँग सामूहिक छलफल गर्न लागेकी हुन् । एमालेले आगामी फागुन २१ गते तोकिएको निर्वाचन हुन नसक्ने निष्कर्ष निकालेको छ । उसले निर्वाचन हुन नसक्ने निष्कर्ष निकाल्दै संसद् पुर्नस्थापनाको माग पनि राखेको छ। यो बेला हुन लागेको संवादमा विभिन्न दलका तर्फबाट निम्न नेताहरू सहभागी हुनेछन्।

नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता डाक्टर प्रकाश शरण महत, एमालेबाटल महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र कार्यकारिणी सदस्य प्रकाश अधिकारी तथा जनमत पार्टीका अध्यक्ष सीके राउत सहभागी हुनेछन् ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal