15:12:41 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

२०४६ यता उच्च पदमा पुगेकाहरूको सम्पत्ति छानबिन हुनुपर्छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०४६ साल यता उच्च पदमा पुगेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने माग पुनः दोहोर्‍याएका छन्।

भ्रष्टाचार विरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले हालसम्म चर्चामा आएका सबै काण्डको निष्पक्ष छानबिन आवश्यक रहेको बताएका हुन्।

शुभकामना सन्देशमा प्रचण्डले प्रशासनिक सुधार, सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता, दण्डहीनताको अन्त्य, सम्पत्ति शुद्धीकरणमा कडाइ र नागरिकको सक्रिय निगरानीजस्ता विषयमा ठोस कदम चालिनुपर्ने उल्लेख गरेका छन्। २०४६ यता उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिनको माग आफूले संसद्को रोष्टमबाट समेत उठाइसकेको स्मरण गराउँदै सो मागलाई अन्तर्राष्ट्रिय दिवसको अवसरमा पुनः सशक्त रूपमा अघि सारेका हुन्।

प्रधानमन्त्री रहेको कार्यकालमा सुशासनलाई राज्य सञ्चालनको मूल मन्त्र बनाइएको दाबी गर्दै उनले सुशासनका पक्षमा चालेका कडा कदमका कारण दलाल, बिचौलिया र भ्रष्ट तत्वहरूको स्वार्थ प्रभावित भएको बताएका छन्। त्यही कारण पार्टी नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र सफल भएको उनको भनाइ छ। यद्यपि, उक्त अवधिमा सुशासनका कैयौँ मानक स्थापित भएको उनले उल्लेख गरेका छन्।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal