15:12:39 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

९ दलको एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’, चुनाव चिन्ह पाँचकुने तारा


काठमाडौँ – नेकपा माओवादी केन्द्र सहित ९ दलको एकतापछि बन्ने नयाँ राजनीतिक पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने भएको छ।

प्रज्ञाभवन कमलादीमा बसेको माओवादीको महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको नामबारे जानकारी गराएका हुन्।

पार्टीको चुनाव चिन्ह पाँचकुने तारा रहने निर्णय पनि पहिले नै आठ दलबीच सहमति भइसकेको छ। आइतबार माओवादी, नेकपा एकीकृत समाजवादी लगायत आठ दलबीच भएको १८ बुँदे सहमतिमा पार्टीको नाम भने उल्लेख थिएन।

भोलि भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरी सबै दलको उपस्थितिमा एकता औपचारिक रूपमा घोषणा गरिनेछ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal