14:29:14 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

बालाजुमा शुभकामना आदानप्रदान तथा प्रहरी वृत्त पुनर्निर्माणका लागि सहयोग

बालाजुमा शुभकामना आदानप्रदान तथा प्रहरी वृत्त पुनर्निर्माणका लागि सहयोग

विजयादशमी, दीपावली, नेपाल संवत् ११४६ तथा छठ पर्वको अवसरमा काठमाडौं महानगरपालिका–१६, बालाजुमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

श्री कुमारी स्थान टोल सुधार समिति र शान्तिनगर टोल सुधार समाजको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष रोजिना श्रेष्ठ तथा बालाजु प्रहरी वृत्तका प्रमुख डीएसपीको विशेष उपस्थिति थियो।

जेन्जी आन्दोलनका क्रममा पूर्ण रूपमा क्षतिग्रस्त भएको बालाजु प्रहरी वृत्त पुनर्निर्माणका लागि टोल सुधार समितिले सहयोग संकलन गर्दै आएको छ। सोही क्रममा स्थानीय टोल समितिका अध्यक्ष बेद प्रसाद पौडेलको नेतृत्वमा वडाध्यक्ष श्रेष्ठको रोहबरमा नेपाल प्रहरीलाई पाँच लाख पाँच हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो। त्यस्तै, स्थानीय अभियन्ता तथा समाजसेवी देवेन्द्र कुमार श्रेष्ठले पचास हजार रुपैयाँ नगद सहयोग प्रदान गरेका छन्।

प्रहरी वृत्त ध्वस्त भएपछि संवेदनशील अवस्थामासमेत स्थानीय बासिन्दाहरू स्वयं संगठित भई राति गस्ती गरी शान्ति–सुरक्षा कायम राख्दै आएका थिए। दशैंको समयमा अपराध बढ्ने जोखिमका बीचमा स्थानीयले पालैपालो गस्ती गरेर बस्तीको सुरक्षा गरेका थिए, जसले प्रहरी र समुदायबीचको विश्वासलाई थप मजबुत बनाएको एक स्थानीयले बताए।

कार्यक्रममा मानुषी एमी भट्टराईको पनि उपस्थिति रहेको थियो।

यस अवसरमा बालाजु प्रहरी वृत्तका इन्चार्ज डीएसपीले स्थानीय समुदायले देखाएको सक्रियता र जिम्मेवारीप्रति आभार व्यक्त गर्दै भने, “सुरक्षा भनेको नेपाल प्रहरी मात्रको जिम्मेवारी होइन। समुदाय र प्रहरीबीचको सहकार्यबाट मात्र प्रभावकारी परिणाम सम्भव हुन्छ।” उनले दशैं–तिहारको समयमा अपराध नियन्त्रण र सुरक्षा कायम राख्न प्रहरी–समुदाय सहकार्यलाई अझ प्राथमिकता दिने बताए।

हालसम्म स्थानीयको निरन्तर श्रमदान र सहयोगबाट करिब २० प्रतिशत पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ। प्रहरी वृत्त पुनः सञ्चालनमा आएपछि बालाजु तथा आसपासका बासिन्दाले अझ प्रभावकारी सुरक्षा सेवा पाउने अपेक्षा व्यक्त गरेका छन्।

यस कार्यक्रमले समुदाय र प्रहरीबीचको सहकार्य विपत्तिको समयमा पनि शान्ति–सुरक्षा कायम राख्न कति प्रभावकारी हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेको सहभागीहरूले बताए।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal