14:28:34 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

प्रचण्डको आह्वान: राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समाजवादका लागि वामपन्थी एकता अपरिहार्य

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा देखिएका राजनीतिक जटिलता, जनअपेक्षा र राष्ट्रिय स्वाधीनता माथिका चुनौती समाधानका लागि वामपन्थी र लोकतान्त्रिक शक्तिहरूबीच ऐक्यबद्धता आवश्यक रहेको बताएका छन्।

आज बिहान एक वक्तव्य जारी गर्दै संयोजक प्रचण्डले भनेका छन्, “राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ।”

उनका अनुसार अहिले देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ।

प्रचण्डले राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादीसहितका वामपन्थी शक्तिहरूले साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकता भएको बताए।

“देशका सबै माओवादी धारासहितका वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध हुन आवश्यक छ,” प्रचण्डले भनेका छन्, “संविधानको रक्षा, समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताका लागि सबै गणतान्त्रिक शक्तिहरू राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुनुपर्ने बेला आएको छ।”

प्रचण्डको यो वक्तव्यलाई वामपन्थी एकताको दिशा दिने राजनीतिक सन्देशका रूपमा लिइएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal