14:28:45 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

कम्युनिस्ट एकता अभियान तीव्र: प्रचण्डको जेनजी प्रसंग, माधव नेपालको जनसभा दाबी र श्रेष्ठको ओली आलोचना

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीद्वारा आयोजित एकता कार्यक्रममा शीर्ष नेताहरूले जेनजीदेखि नेतृत्व क्षमता, एकता अभियान र सम्भावित जनसभाबारे कडा अभिव्यक्ति दिएका छन्।

हामी जेनजीभन्दा कम छैनौं: प्रचण्ड
आफूहरू जिवनकाे उत्तरार्धतिर रहेको भए पनि जेनजीभन्दा कम नभएको कुरा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले बताएका छन्। नेपाली कम्युनिस्ट पार्टी र अन्य केही दलहरू संगको एकताको लागि आयोजित कार्यक्रममा उक्त कुरा वताएका हुन्। प्रचण्डले भने ‘हुन त उमेरका हिसाबले हामी यहाँ जति नेता छौं, उत्तरार्धतिर छौं। तर राष्ट्रप्रतिको जिम्मेवारी, राष्ट्र बचाउनुपर्छ भन्ने कुरामा, समाजवादको यात्रा जसरी पनि अघि बढाउनुपर्छ भन्ने कुरामा हामी कुनै जेनजी युवाभन्दा कम पनि छैनौं, अन्तिम अवस्थासम्म हामी त्यो अभिभावकीय पूरा गर्न चाहन्छौं। जेनजी युवाहरूको असली अभिभावक बन्न चाहन्छौं। जेनजीको समेत तागतलाई जोडेर समाजवादी क्रान्ति सम्पन्न गर्न चाहन्छौं।’ साथै, आफू पदमा लिप्त भएर बसिरहन चाहेको रुपमा नबुझ्न पनि आग्रह गर्दछु। यसो भन्दै गर्दा पदमा बसिराख्न खोजेकाे भनेर आरोप गरिन्छ। त्याे सत्य हैन।

सुदूरपश्चिममा २०औं हजार बढी मान्छे उतार्छौं: माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीप्रति दिन प्रतिदिन आम नागरिकको आकर्षण बढ्दै गएको बताएका छन्। बिहीबार आयोजित एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै सफल हुँदैन भनेको एकता दिनप्रतिदिन सफल हुँदै गइरहेको बताए। ‘यो एकता सफल हुँदैन भनेका थिए, तर दिन बितेको छैन, हप्ता बितेको छैन, महिना बितेको छैन। यो अत्यन्तै उचित थियो भन्नेकुरा पुष्टि भइरहेको छ। भोलिदेखि हामी सन्देश सभाको कार्यक्रम गर्न गइरहेका छौं,’ उनले भने। शुक्रबारबाट सुदूरपश्चिमको धनगढीमा सन्देश सभा गर्न लागेको बताउदै सबैले साथ र सहयोग गर्ने अपेक्षा व्यक्त गरे। सुदूरपश्चिमको सभामा ३० औं हजार जनता आउने दाबी नेपालले गरे। ‘पहिलो सन्देश सभा हामी सुदूरपश्चिम प्रदेशको धनगढीमा गर्दैछौं। धनगढीमा सुदूरपश्चिमका नेताहरू बसेर दशौं, बिसौं हजार भन्दा बढी संख्यामा उपस्थित गराउने गरी लाग्नुभएको छ। आशावादी हुनुभएको छ। अभियान चलाउनु भएको छ। सुदूरपश्चिमका नेताहरू: तपाईंहरूको परीक्षा त्यहीँ हुन्छ,’ नेपालले भने।

भाग्नेले देशको नेतृत्व गर्न सक्दैनन्: राजेन्द्र श्रेष्ठ
जनता समाजवादी पार्टीबाट अलग भएका राजेन्द्र श्रेष्ठले बालुवाटारबाट हेलिकप्टर चढेर भागेका केपी ओलीले देशको नेतृत्व गर्न नसक्ने बताएका छन्। तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले जेनजीलाई खिस्सिट्युरी गरेका कारण सत्ता छोडेर भाग्नुपरेको आरोप लगाए। ‘तत्कालीन प्रधानमन्त्री केपी ओलीले जेनजीलाई खिस्सिट्युरी गरेका थिए। जेनजीले बालुवाटार घेरेपछि हेलिकप्टर चढेर भागे। त्यस्ता व्यक्तिले देशको नेतृत्व गर्न सक्छ ?’ ,श्रेष्ठले प्रश्न उठाए। कार्यक्रममा जसपा अध्यक्ष अशोक राईले संविधान संशोधन गर्न नभई एमालेसँग मिल्न खोजेकाले आफूले विद्रोह गरेको बताए। उनले भने ‘अब आउने निर्वाचनमा संविधान संशोधनको एजेन्डा थियो तर नेतृत्व एमालेसँग तालमेल गर्ने योजना बनायो। त्यसकारण हामीले नेपाली कम्युनिस्ट पार्टी रोज्यौँ। जनयुद्ध र जनआन्दोलनको फ्युजनमा २४० वर्षको राजतन्त्र ढल्यो।’ प्रचण्डको नेतृत्वको सरकारले सुशासनको पक्षमा काम गरेको भन्दै उनले जेनजीको भावना अनुसार भ्रष्टाचार विरुद्ध कारबाही गर्ने जिम्मेवारी नेपाली कम्युनिस्ट पार्टीको भएको बताए ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal