15:12:35 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

गोकर्णेश्वरमा इसाई समाजद्वारा शान्तिपूर्ण मोटरसाइकल र्‍याली सम्पन्न

काठमाडौं। इसाई धर्मावलम्बीहरूको महान पर्व ख्रीष्टमसको अवसरमा गोकर्णेश्वर इसाई समाजले शान्तिपूर्ण मोटरसाइकल र्‍याली सम्पन्न गरेको छ।

र्‍याली पुस ९ गते बिहान ७ बजेदेखि सुन्दरीजलबाट सुरु भई जोरपाटी हुँदै जकडोल सहिद पार्कमा पुगेर विसर्जन गरिएको गोकर्णेश्वर इसाई समाजका अध्यक्ष विजय सुनुवारले जानकारी दिए।

शान्तिपूर्ण मोटरसाइकल र्‍यालीको उद्देश्य गोकर्णेश्वर नगरपालिकामा १० हजारभन्दा बढी इसाई समुदायको बसोबास रहेको सन्देश दिनुका साथै प्रभु येशु ख्रीष्टको जन्मले संसारमा शान्ति, एकता, आनन्द र मुक्तिको सन्देश दिएको छ भन्ने कुरा समाजमा फैलाउनु रहेको समाजका सचिव प्रकाश तामाङले बताए। उनका अनुसार र्‍यालीमार्फत धार्मिक सहअस्तित्व, आपसी सद्भाव र खुशी साटासाट गर्ने उद्देश्य पनि रहेको छ।

मोटरसाइकल र्‍यालीमा विभिन्न मण्डलीका गरी ३०० भन्दा बढी इसाई समुदायको सहभागिता रहेको थियो।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal