15:16:00 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

एसईईको नतिजा निकाल्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ परिणाम

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ।

बोर्डले वैशाख महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित आवश्यक प्राविधिक तथा प्रशासनिक तयारीलाई तीव्र बनाएको जनाएको छ। नतिजा प्रकाशनको तयारीसँगै बोर्डले विद्यार्थीहरूले सहज रूपमा नतिजा हेर्न सक्ने विभिन्न माध्यमहरूको सूची पनि सार्वजनिक गरेको छ।

बोर्डका अनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर सेवा तथा विभिन्न वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ। नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले आफ्नो सिम्बोल नम्बर प्रयोग गरेर मोबाइल तथा अनलाइन माध्यमबाट नतिजा प्राप्त गर्न सक्नेछन्।

यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो। परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी भएका थिए।

परीक्षा बोर्डले नतिजा सार्वजनिक हुने मिति र समयबारे आधिकारिक सूचना चाँडै जारी गरिने जनाएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal