14:28:54 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

ग्रेटर अस्टिन नेपाली सोसाइटी (GANS) को उपाध्यक्षमा धिरेन्द्र यादव विजयी

काठमाडौं : अमेरिकाको अस्टिन स्थिति ग्रेटर अस्टिन नेपाली सोसाइटी (GANS) को उपाध्यक्ष पदमा धिरेन्द्र यादव ४१७ मतसहित विजयी भएका छन्। निर्वाचनमा उल्लेखनीय सहभागिता जनाउँदै नेपाली समुदायले समाजप्रति आफ्नो सक्रियता र प्रतिबद्धता देखाएको छ।

विजयी भएपछि यादवले आफूलाई विश्वास गरी अमूल्य मत प्रदान गर्ने सम्पूर्ण मतदाता महानुभावप्रति हार्दिक आभार व्यक्त गरेका छन्। साथै उनले निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गरेका छन्।

निर्वाचनमा करिब ११०० योग्य मतदातामध्ये ८८२ जनाले मतदान गरेका थिए भने थप करिब २०० जनाले सोही दिन नयाँ सदस्यता दर्ता गराई मतदानमा सहभागिता जनाएको जनाइएको छ।

यसलाई अस्टिनबासी नेपाली समुदायको समाजप्रतिको माया, जिम्मेवारीबोध र एकताको संकेतका रूपमा हेरिएको छ।
यादवले सफल निर्वाचन सम्पन्न गराउन अथक मेहनत गर्ने निर्वाचन समितिका पदाधिकारी तथा स्वयंसेवकहरूलाई पनि धन्यवाद दिएका छन्।

उनले अब निर्वाचन सम्पन्न भइसकेकाले सबै पक्ष सहभागीता र सहकार्यमा केन्द्रित हुनुपर्ने बताएका छन्। हामी सबैको साझा उद्देश्य समुदायलाई अझ एकीकृत, बलियो र व्यवस्थित बनाउनु हो, उनले भने।

सप्तरी जिल्लामा जन्मेका यादवले नेपाल हुदा रामेछाप स्थित महेद्रोदय मावि मन्थलीमा लामाे समय अध्यापन गरेका थिए।
उनलेे समुदायप्रतिको जिम्मेवारीबाट कहिल्यै पछि नहट्ने र इमान्दार भएर सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal