13:46:49 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

हङकङविरुद्ध नेपाल पहिले बलिङ गर्दै, समूह विजेता बन्ने लक्ष्य

काठमाडौँ । एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङविरुद्ध पहिले बलिङ गरिरहेको छ। हङकङले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङको जिम्मेवारी पाएको हो।

लगातार तीन खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको नेपाल समूह ‘ए’को विजेता बन्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ। तीन खेलबाट ६ अंक जोडेको नेपाल समूहको शीर्ष स्थानमा छ।

मलेसियामा जारी प्रतियोगितामा नेपालले सुरुआती खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो। त्यसपछि आयोजक मलेसियालाई ६ विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको थियो। तेस्रो खेलमा साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो।

समूह चरणमा अपराजित रहेको नेपाल आज हङकङलाई पनि पराजित गर्दै शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्ने योजनामा छ। नेपाली टोलीले पछिल्ला खेलमा देखाएको प्रदर्शनलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

उता हङकङले समूह चरणका तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको छ। नेपालविरुद्धको खेल हङकङका लागि पनि महत्वपूर्ण छ। समूह चरणको अन्तिम खेल भएकाले दुवै टोली जितका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र हङकङबीच हालसम्म चारपटक प्रतिस्पर्धा भएको छ। तीमध्ये नेपालले एक खेल जितेको छ भने हङकङले दुई खेलमा सफलता हात पारेको छ। एक खेल भने वर्षाका कारण रद्द भएको थियो।

यी दुई टोलीबीच पछिल्लो एकदिवसीय खेल सन् २०१८ मा भएको थियो। उक्त खेलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको थियो। लामो समयपछि हङकङसँग आमनेसामने भएको नेपाली टोली आज पनि त्यही इतिहास दोहोर्‍याउने लक्ष्यमा छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal