15:12:11 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

अखिल नेपाल ट्रेड यूनियनले शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने

काठमाडौं, माओवादी निकट अखिल नेपाल ट्रेड यूनियन महासंघ ले २०८२ कार्तिक १ गते शनिबार चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।

महासंघले नेपालीहरुको महान् चाड विजयादशमी, तिहार, नेपाल संवत तथा छठ पर्वको अवसरमा उक्त कार्यक्रम गर्न लागेको हो। कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि रहनेछन्।

कार्यक्रम दिउँसो १२ बजे अखिल नेपाल ट्रेड यूनियन महासंघको केन्द्रीय कार्यालय, पेरिसडाँडामा हुने कुरा महासंघका उपमहासचिव माधव पाण्डेले बताए ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal