15:11:22 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

स्टार्टअप कर्जा लिन इच्छुकका लागि आवेदन खुला, २० लाखसम्म कर्जा पाउन के छ योग्यता?


काठमाडौं। सरकारले स्टार्टअप उद्यमीका लागि कर्जा आवेदन खुला गरेको छ। ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि’ अनुसार औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले इच्छुक उद्यमीहरूलाई परियोजना प्रस्ताव आह्वान गरेको हो।

बुधबार जारी सूचनामा प्रतिष्ठानले निर्धारित मापदण्ड पूरा गर्ने उद्यमीहरूले २१ दिनभित्र अनलाइनमार्फत आवेदन दिन सक्ने जनाएको छ। यो कर्जा कार्यक्रम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाको प्रस्तावमा सुरु गरिएको हो।

कार्यविधि अनुसार कर्जाका लागि दफा ४ मा उल्लेखित योग्यता पूरा गर्नुपर्नेछ। आवेदकसँग आफ्नै क्षेत्रमा नवीनतम ज्ञान, रचनात्मक सोच, विशेष सीप र क्षमता हुनुपर्ने उल्लेख छ। प्रस्ताव तोकिएको ढाँचामा तयार गरी अनलाइन माध्यमबाट पेश गर्नुपर्नेछ।


संशोधित कार्यविधिमार्फत चालू आर्थिक वर्षमा एक स्टार्टअप उद्यमीले अधिकतम २० लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। यसअघि सरकारले स्टार्टअपहरूलाई ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउँदै आएको थियो।
सरकारको भनाइमा, यो कार्यक्रमले नवप्रवर्तनमा आधारित उद्यमशीलता प्रवर्द्धन गर्न तथा युवालाई व्यवसायिक अवसर उपलब्ध गराउने लक्ष्य राखेको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal