15:16:00 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

महिलाको आयआर्जन र संस्कृति संरक्षणका लागि म्याग्दीमा पञ्चैबाजा तालिम

म्याग्दी (बेनी), १७ पुस — म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा महिलालाई परम्परागत बाजाको संरक्षण गर्दै आयआर्जनमा जोड्ने उद्देश्यले पञ्चैबाजा तालिम सुरु गरिएको छ।

शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा सुरु भएको तालिममा वडाभित्रका आमा समूह तथा महिला समूहका प्रतिनिधि सहभागी छन्। बुधबारदेखि सुरु भएको तालिम ४५ दिनसम्म सञ्चालन हुनेछ।

वडामा पञ्चैबाजा बजाउने स्थानीय समूह नहुँदा विवाह, छेवर, व्रतबन्ध जस्ता शुभकार्यका लागि बाहिरबाट टोली बोलाउनुपर्ने बाध्यता रहेको भन्दै सो समस्या समाधान गर्न तालिम सञ्चालन गरिएको केन्द्रका अध्यक्ष भरतप्रसाद शर्माले बताउनुभयो।

“हरेक शुभकार्यमा पञ्चैबाजा बजाउने चलन छ, तर हाम्रो वडामा समूह नहुँदा समस्या थियो,” उहाँले भन्नुभयो।

तालिममा प्रशिक्षक प्रकाश परियार र सतप्रसाद छिनालले व्यावहारिक प्रशिक्षण दिनुहुनेछ। चालु आर्थिक वर्षमा नौमती बाजा संरक्षण तथा सीप विकासका लागि बेनी नगरपालिकाबाट रु १ लाख ५० हजार र गण्डकी प्रदेश सरकारबाट रु १ लाख २० हजार अनुदान प्रदान गरिएको छ।

पञ्चैबाजामा सहनाइ, ढोलकी, ट्याम्को, दमाहा, झ्याली र कर्नल समावेश छन्।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal